चिसो मौसम चलिरहेका बेला अहिले पहाडदेखि तराईसम्मका फाँट र गराहरुमा पहेँलपुर तोरी फुलेको देख्न पाइन्छ।
एक तेलहन बालीका रुपमा रहेको तोरी फुलेपछि फाँटहरु पनि रमितलाग्दा देखिएका छन्।
नेपालको पहाडी र समथर भूभागमा खेती हुने तोरीले कास्कीको लेखनाथका गराहरु पनि पहेँलपुर देखिएका छन्।
नेपालको मूख्य तेलहन बाली तोरीले खेतबारी पहेँलपुर भएपछि मौसम खुलेका बेला फोटो खिचाउनेहरु पनि खेतबारीमा भेट्न सकिन्छ।
तोरी क्रुसीफेरा, गेनस ब्रासिका परिवारअन्तर्गत पर्दछ। यो एक वार्षिक बाली हो। तोरी फुलेपछि मह बनाउनका लागि मौरीले यसको रस लैजाने गर्छन्।
कृषकहरु तोरी फुलेका बेला बारीमै मौरीका घार ल्याउने गर्छन्। तोरीसहितका वनस्पतिको परागसेचनका लागिसमेत मौरीले महत्वपूर्ण भूमिका खेल्छन्।
48
Shares
प्रतिक्रिया