मैतीदेवीस्थित नेपाल प्रहरी बिटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। सडक छेउमै रहेको बिटमा मंगलबार दिउँसो महानगरपालिकाले डोजर चलाएर भत्काएको हो।
महानगरपालिकाले उक्त बिट नेपाल प्रहरीसँग समन्वय गरेर भत्काएको जनाएको छ।
उक्त बिट मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर निर्माण भएको थियो। भत्काएपछि अब अन्यत्र बिट व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ।
मैतीदेवी चोकमा उक्त बिटका कारण सवजारी आवागमनमा समेत समस्या भएको थियो।
132
Shares
प्रतिक्रिया