ad ad

फोटोफिचर


आन्दोलनको नाममा लुटपाट, यस्तो छ ल्होत्से मलको अवस्था (तस्बिरहरू)


सरोज बैजु
फागुन २, २०७९ मंगलबार १३:२२, काठमाडौँ

यातायात मजदुर र व्यवसायीहरूको आन्दोलनका कारण नयाँ बसपार्कस्थित ल्होत्से मलको संरचना तोडफोड भएको छ। सोमबार आन्दोलित मजदुरहरूले नयाँ बसपार्क क्षेत्रमा वितण्डा मच्चाएको थियो। 

सोही बीचमा ल्होत्से मलमा रहेका मोबाइल पसलमा ठूलो क्षति हुनेगरी संरचना तोडफोड भएको छ। ल्होत्से मलको मोबाइल पसल फुटाई लुटपाट गरिएको र त्यसमा ८ करोड क्षति भएको दाबी गरिएको छ।

उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो। 

पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए। चालिसे नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्ष समेत हुन्।

देशभरका मोबाइल व्यवसायीले क्षतिपूर्ति पाउनुपर्ने विषयमा समर्थन समेत जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .