ad ad

फोटोफिचर


मायाको मौसम (तस्बिरहरु)


सरोज बैजु
फागुन २, २०७९ मंगलबार १९:४८, काठमाडौँ

आज १४ फेब्रुअरी भ्यालेन्टाइन दिवस। सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने यो दिनको प्रभाव नेपालमा पनि विस्तारै बढ्दै गएको छ।

प्रणय दिवसका रुपमा पनि पुकारिने यो दिवस विश्वभर मनाइन्छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग जोडिएको छ। 

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुने ठानेर प्रतिबन्ध लगाएका थिए।

तर सन्त भ्यालेन्टान सम्राटको निर्णयलाई धर्मविरोधी मान्थे। उनले अनुशासनको दायरामा हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुने बताउँथे। 

उनले राजाको आदेश नमानेर प्रेम र विवाहका लागि प्रेरित गरिरहे। युवायुवतीका जोडी बाँधिदिएर सामूहिक बिहे पनि गराए। 

आदेश नमानेको आरोपमा उनलाई ईशा पूर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि प्राण दिने तिनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाइन्छ।

मंगलबार काठमाडौंका कयौँ रेस्टुरेन्टदेखि सपिङ सेन्टरसम्ममा प्रेमजोडीहरुका लागि प्रेममय वातावरण बनाइएको थियो।

कमल पोखरीस्थित सिटी सेन्टरमा पनि भ्यालेन्टाइन डेका अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो।

त्यसक्रममा मायाको संकेत जनाउने विभिन्न आकृतिहरु राखेर वातावरण प्रेममय बनाइएको थियो। त्यहाँ कयौँ जोडीले एकअर्कालाई प्रेम प्रस्ताव पनि गरिरहेका देखिन्थे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .