एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा नेपाली टोलीको हौसला बढाउन हजारौँ समर्थक त्रिवि क्रिकेट मैदानमा पुगेका छन्।
सोमबार पानी पर्दा पनि छाता ओढेर नेपाली टोलीको हौसला बढाउन पुगेका उनीहरु आज पनि उत्तिकै संख्यामा स्टेडियम वरपर देखिएका छन्।
ओपनरहरु ओपनर कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न नसक्दा समर्थक निराश थिए।
तर गुलशन झा र भीम सार्कीले नेपाली पारी सम्हालेपछि समर्थकहरु पनि राष्ट्रिय झन्डासहित उनीहरुलाई हौस्याइरहेका छन्।
45
Shares
प्रतिक्रिया