शहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मछिन्द्रले संकटालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विमल घर्ती मगर र ओलावाले आफिजले समान एक गोल गरे।
संकटाका लागि जुनियर एन्कुंगेले शान्त्वना गोल गरे। मछिन्द्रले खेलको चौथो मिनेटमा नै देवेन्द्र तामाङको गोलमा सुरुवाती अग्रता बनाएको थियो।
जितसँगै मच्छिन्द्रले १४ खेलबाट २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। मच्छिन्द्रले खेलमा ५ जित, ६ खेलमा बराबरी र ३ खेलमा हार भोगेको छ। पराजित संकटा १६ अंकमा ११ औं स्थानमा छ।
63
Shares
प्रतिक्रिया