नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा शुक्रबार प्रदर्शन भएको छ।
सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट वञ्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरुले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरू वञ्चित भएको बताए। आमाबाबु, दाजुदिदीको नागरिकता हुँदा पनि आफ्नो नहुँदा हैरानी भोगेको एकजना प्रदर्शनकारीले बताए।
विदेशी नागरिकहरूले सजिलै नागरिकता पाइरहेको तर आफ्ना सन्ताले नागरिकता नपाएको उनीहरुको गुनासो थियो।
बाबु र आमाको जन्मसिद्धको नागरिकता भए पनि छोराछोरीलाई नागरिकता नदिइएको उनीहरुले बताए। उनीहरुले नेकपा एमाले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए।
तर सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उक्त विधेयक कार्यान्वयनमा आउनबाट रोकिएको छ।
Shares
प्रतिक्रिया