गर्मी बढेसँगै देशभरको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ। मौसमविद्का अनुसार बादल नलाग्ने, पानी नपर्ने भएको दुई हप्ताभन्दा बढी भइसक्यो।
जसले गर्दा देशभर तापक्रम तथा गर्मी बढेको छ।
केही दिनयता ह्वात्तै बढेको तापक्रमका कारण तराईका अधिकांश जिल्लाका विद्यालय बन्द गरिएका छन् भने मध्य पहाड तथा सहरहरूमा पनि जनजीवन कष्टकर बन्दै गइरहेको छ।
चर्को घामका कारण अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ। सर्वसाधरणहरू चिसो पेय पदार्थ, लस्सी, दही, सोडा लगायतका चिसो पेय पदार्थ बढी प्रयोग गर्न थालेका छन्।
सगरमाथाको बेसक्याम्पदेखि मध्य तराईसम्म गर्मीले असर गर्दा पोखराको फेवा तालमा पनि गर्मी छल्न डुंगाको सहारा लिनेको संख्या बढ्दो छ।
तस्बिरहरूः
45
Shares
प्रतिक्रिया