नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बुधबार प्रदर्शन गरेका छन्।
उनीहरुले माइती घर मण्डलबाट प्रदर्शन गर्दै नयाँबानेश्वरतिर जाने क्रममा प्रहरीले काठमाडौं जिल्ला अदालतअगाडि धरपकड गरेको छ।
धरपकडका क्रममा १३ जना पक्राउ परेका छन्। उनीहरुलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ।
अहिले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा यस प्रकरणको मुद्दामा थुनछेक बहस भइरहेको छ।
63
Shares
प्रतिक्रिया