काठमाडौंको भृकुटीमण्डपमा जारी विभिन्न मेलाका स्टल नगर प्रहरीले हटाएको छ।
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली जुत्ता चप्पल र शैक्षिक मेलामा छिरेको थियो।
भृकुटीमण्डपको जुत्ता चप्पल मेला र कान्तिपुर हिसान शैक्षिक समन्वय नगरी राखिएको भन्दै महानगरपालिकाले हटाएको हो।
महानगरले समन्वय नगरी सञ्चालन गरिएका भृकुटीमण्डपका सबै मेला हटाउन थालेको हो। नगर प्रहरीले मेलामा राखिएका केही स्टल बन्द गराएका छन्।
एसईईको नतिजा नआउँदै १० जोड २ भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको गुनासो आएपछि महानगरले हस्तक्षेप गरेको हो।
महानगरकको हस्तक्षेपपछि आयोजकले सहमतिका लागि आग्रह गरिरहेका छन्। १० जोड २ मा अध्ययन हुने विषयको मात्रै जानकारी दिने गरी मात्रै मेला चलाउन दिने महानगरले जनाएको छ।
78
Shares
प्रतिक्रिया