भारतबाट आयात हुने तरकारीका कारण नेपाली किसानहरु मारमा परेको धेरै भइसक्यो।
अत्यधिक विषादी मिसिएका तरकारी भन्सारमा बिनाचेकजाँच आउँदा पनि सरकारले त्यसलाई रोक्ने पहल गर्न सकेको छैन।
अत्यधिक विषादीयुक्त तरकारी नेपालको भान्सासम्म पुगिरहँदा यहीँका किसान भने मारमा परिरहेका छन्।
टनेलमा व्यावसायिक खेती गरिरहेका किसानको तरकारी अहिले प्रतिकेजी ५ रुपैयाँ पनि बिकेको छैन।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर(ठूलो) को मूल्य प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोकेको थियो।
तर त्यहीँ नेपाली टमाटर सानोको मूल्य विकास समितिले न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ। यस्तो अवस्थामा नेपाली किसानले व्यवसाय धान्न पनि गाह्रो भएपछि टमाटर सडकमा पोखेका हुन्।
आइतबार कालिमाटी बजारमा नेपाली किसानको ९५ टन टमाटर आएको थियो। तर १० रुपैयाँ केजी पनि बिक्ने अवस्था नआएपछि फ्याँकिएको हो।
Shares
प्रतिक्रिया