तराई मधेशमा यतिबेला प्रचण्ड गर्मी छ। गर्मीबाट राहत पाउन तराईले आकाशको पानी कुरिरहेको छ।
पानी परेपछि प्रचण्ड गर्मीबाट केही हदसम्म मुक्ति मात्रै मिल्दैन, धमाधम सुरु हुने रोपाइँले किसानलाई आनन्दित बनाउँछ।
तराईको उखर्माउलो गर्मीमा पनि शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुग्दा भने जो कसैलाई पनि सितलता महसुस हुन्छ।
नेपाल र नेपालीका शान भगवान बुद्धको जन्मस्थल दर्शन गर्न र मनलाई शान्ति दिलाउन विश्वभरबाट पर्यटक लुम्बिनीमा आउँछन्।
यतिबेला सायद अत्यधिक गर्मीले होला, लुम्बिनीमा पर्यटकको कमी छ, चिटिक्क परेको लुम्बिनीले पर्यटकलाई पर्खिरहेको आभाष हुन्छ।
66
Shares
प्रतिक्रिया