राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बसुन्धराबाट बालाजुमा सरेको छ।
बसुन्धराको सानो आठ कोठे कार्यालय छाड्दै रास्वपाले बालाजुस्थित सुविधासम्पन्न नयाँ ६ तले भवन रोजेको हो।
काठमाडौं महानगरपालिका-१६ बालाजुको च:मतीस्थित समृद्धि स्कुल नजिकैको नयाँ ६ तले भवनलाई कार्यालय बनाउन रास्वपाले रंगरोगन पनि गरिसकेको छ।
रास्वपाले उक्त भवनलाई पार्टीले प्रयोग गर्दै आएको झन्डाकै रंगअनुसार सजाएको हो। मासिक ३ लाख ५० हजार भाडा तिर्ने गरी रास्वपाले यो भवनलाई नयाँ कार्यालयका रुपमा प्रयोग गर्न थालेको हो।
बुधबार गृहप्रवेश पूजा भइसकेपछि बिहीबार बिहान बसुन्धराबाट बालाजुस्थित यो भवनबाट कार्यालय चल्नेछ।
‘बिहीबार नयाँ पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिएको छ’, महामन्त्री मुकुल ढकालले नेपालखबरसँग भने, ‘बसुन्धराको कार्यालय साँघुरो भएकाले सुविधायुक्त नयाँ भवन खोजिएको हो।’
Shares
प्रतिक्रिया