असारलाई मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिन्छ। यस महिनाको १५ गते अझै खास हो कृषकहरुका लागि।
कृषकहरुले दही चिउरा खाएर धमाधम धान रोपिरहेका छन्। असार १५ को दिन अन्य बेला खेतबारी नपस्नेहरु पनि हिलोमा पुगेर धान रोपिरहेका छन्।
शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा किसानहरु धान रोप्न व्यस्त देखिए। काठमाडौंको नागार्जुनमा नेकपा एमालेनिकट युवा संघले धान दिवस मनाएको छ।
उता ललितपुरको खोकनामा पनि कृषकहरुलाई धान रोप्न भ्याइनभ्याइ छ। कृषकहरुले हिलो खेल्दै धान रोप्न व्यस्त भएका हुन्।
24
Shares
प्रतिक्रिया