मिटरब्याज पीडितहरूले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। मिटरब्याजविरुद्धको कानुन पारित गराउन माग गर्दै पीडितहरूले संसद घेराउ समेत गरेका हुन्।
पछिल्लो समय मिटरब्याज पीडितविरुद्धको कानुन पारित गराउने तयारी भइरहेका बेला पीडितहरूले दबाब बढाएका हुन्।
तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको संसद अवरोधका कारण कानुन पारित हुन सकेको छैन। लगातार तीन दिन बैठक अवरुद्ध गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे संसदमा जवाफ दिने सहमति बनेको छ।
शीर्ष नेताहरू संसद खुलाउने छलफल गरिरहँदा पीडितहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गर्दै पुगेका हुन्।
तस्बिरहरूः
36
Shares
प्रतिक्रिया