केही वर्षअघिसम्म विद्यालय पढ्ने बालबालिकाहरू विद्यालय वा कलेजबाट फर्किएपछि टोलमा साथिभाइहरूसँग खेल्न निस्कन्थे।
आजकाल यस्तो भेट्न मुस्किल हुन्छ।
विद्यालय पढ्ने बालबालिकाहरू होउन वा कलेज पढ्ने किशोरकोशीहरू, घर फर्कनेबित्तिकै अधिकांशको हातमा मोबाइल, ल्यापटप वा आइप्याड नै हुन्छ।
तर, ललितपुर महानगरपालिका–१ बागमती किनारमा ‘पम्प ट्र्याक’ खुलेसँगै धेरै किशोर किशोरीहरू त्यहाँ रम्न थालेका छन्। गतवर्षबाट सञ्चालमा आएको उक्त ‘पम्प ट्र्याक’मा रमाउने किशोरीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
शनिबार दिउँसो सोही स्थानमा एक टुर्नामेन्ट समेत चलेको थियो। ‘हिमाली राइडर्स’ को समन्वय र ‘भेलोसोलुसन्स’ को सहकार्यमा खुलेको उक्त पम्प ट्र्याकमा आयोजित टुर्नामेन्टका विजेतालाई पुरस्कारको समेत व्यवस्था मिलाइएको छ।
स्वीचब्याक नेपाल र हिमालयन सिंगल ट्र्याकले आयोजना गरेको उक्त टुर्नामेन्ट विशेषगरी बालबालिकाका लागि नै फोकस गरेर बनाइएको हो।
स्वीचब्याक नेपालका मार्केटिङ टिमका सदस्य कुशल ओझाका अनुसार साइकल सिक्नेहरुका लागि साइकल कसरी चढ्ने, कसरी ब्यालेन्स गर्ने लगायतका कुरा सिक्ने ठाउँको रुपमा पम्प ट्र्याकलाई लिनुपर्छ।
‘सिक्नेहरुका लागि मात्र नभई, प्रोफेसनल राइडरहरुले पनि आफ्नो राइडिङलाई अझै निखार ल्याउनका लागि सकिन्छ,’ उनले नेपालखबरसँग भने।
सन् २०२२ मा हिमाली राइडर्स, भेलोसोलुसन्सले पम्प ट्र्याकलाई ‘ड्रिम पार्क’को रुपमा विश्वभरी नै यस्ता पार्कहरू बनाउँदै अघि बढेको उनी बताउँछन्।
स्वीस ब्याक नेपाल र हिमालयन सिंगल ट्र्याकको संयोजनमा साइकल कम्पनीसँग सहकार्य गरेर टुर्नामेन्ट आयोजना गरिएको हो।
जसमा विभिन्न पाँचवटा उमेरगत समूहमा राइडिङ छुट्याइएको भन्दै उनले खेल अझै रोमाञ्चक बनाउनका लागि इलिटहरूको क्याटेगोरीमा नकआउट चरण पनि राखिएको बताए।
साइकल रेस गर्नेहरूले साइकल आफैं व्यवस्था गर्नुपर्ने हुन्छ।
थप तस्बिरहरू:
Shares
प्रतिक्रिया