ad ad

फोटोफिचर


निषेधाज्ञाले शान्त धरान (तस्बिर)


नेपालखबर
भदौ ९, २०८० शनिबार ११:३४, काठमाडौँ

धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ। पछिल्लो समय त्यहाँ जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा हुन नदिन निषेधाज्ञा जारी गरिएको हो। 

स्थानीय प्रशासनले लगाएको २४ घण्टे निषेधाज्ञाका कारण धरान सहर यतिबेला सुनसान र शान्त देखिएको छ। 

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो। 

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो। 

त्यसैगरी इटहरी उपमहानगरपालिका-२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी(६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍यालीर भेला गर्न रोक लगाइएको छ। 

प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ। 

उक्त आदेशविपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। 

निषेधाज्ञामा धरानका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .