नाडा अटो शोको दुई पांग्रे सवारीमा पनि विद्युतीय सवारी साधनको बाहुल्यता बढेको छ। मंगलबारबाट सुरु भएको शोमा नाम चलेका ब्रान्डहरूले पनि विद्युतीय सवारी साधन सार्वजनिक गरेका हुन्।
जसमा टीभीएसको विद्युतीय स्कुटर सार्वजनिक भएको छ। टीभीएसले आईक्युब विद्युतीय स्कुटर सार्वजनिक गरेको हो।
अटोशो नेपाल मोटर्सले एन मोटो, अफ्टेक मोटर्स, जमुनी अटो सेन्टर, पियर, सुनरा, जोनेट्स, कोमाकीका विद्युतीय मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा राखिएको छ।
अटो शोमा आकर्षकको रुपमा बजाज, होन्डा, केटीएम, बेनली, यज्दी, अप्रिलिया, याडियाले नयाँ मोडला प्रदर्शनीमा राखेका छन्।
क्लासिक ब्रान्ड रोयल इन्फिल्डले ३५० सिसिको हन्टर सार्वजनिक गरेको छ। हन्टर हालसम्मकै सस्तो अर्थात् ४ लाख ४९ हजार रुपैयाँ मुल्य तोकिएको छ।
72
Shares
प्रतिक्रिया