नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशन सुरू भएको छ।
नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा अधिवेशन भइरहेको छ।
अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरे। उद्घाटनका क्रममा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ।
क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो।
अधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार नै निर्वाचन गर्ने तयारी भइरहेका बेला राजभण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्। यससँगै चतुरबहादुर क्यानमा फेरि निर्विरोध हुने सम्भावना टरेको छ। अब चुनावबाट नयाँ नेतृत्वको टुंगो लाग्नेछ।
33
Shares
प्रतिक्रिया