सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति राख्दै राहत शिक्षकहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
सोमबार पनि शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको उनीहरुको भनाई छ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्।
उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको पनि दाबी गरेका छन्।
135
Shares
प्रतिक्रिया