तिहार पर्वको दोस्रो दिन आज (आइतबार) कुकुर तिहार। हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाउने प्रचलन छ।
आजका दिन घरघरमा कुकुरलाई पूजा गरी फूलको माला लगाएर मीठामीठा खानेकुरा खुवाइन्छ। आफ्नो घरमा पालेका मात्रै नभई सडकका कुकुरलाई समेत आज माला र टीका लगाएर खान दिने गरिन्छ।
कुकुरले घरको सुरक्षामात्रै होइन, नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा समेत साथ दिइरहेका छन्।
यसैकारण आजका दिन प्रहरीले पनि कुकुरलाई पूजा गरी फूलको माला लगाएर मीठामीठा खानेकुरा दिन्छन्।
यसै क्रममा काठमाडौँको महाराजगन्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाइएको छ।
हेर्नुहोस् तस्बिर-
36
Shares
प्रतिक्रिया