नेपाल कृषि अनुसन्धान परिषदको आयोजनामा ललितपुरको खुमलटारमा १६औँ राष्ट्रिय धान दिवस मनाइएको छ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्युनीकरण’ भन्ने नाराका साथ आज असार १५ गते देशब्यापी रुपमा धान दिवस मनाइएको हो।
नेपालमा परम्परागत तथा निर्वाहमुखी खेती प्रणालीका कारण उत्पादन बिस्तार हुन सकेकाे छैन। तर पछिल्लाे समयमा बिस्तारै प्रविधिकाे प्रयाेग पनि बढ्दै गएकाे छ। कृषि अनुसन्धान परिषदले पनि धान दिवसका अवसरमा आधुनिक उपकरणकाे प्रयाेग गरी राेपाई गरेकाे थियाे।
धान नेपालको प्रमुख खाद्यान्न बालि हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा प्रमुख भूमिका खेल्ने बालि हो। तर, नेपाल धान उत्पादनमा आत्म निर्भर हुन सकेको छैन। चालू आर्थिक वर्षमा नेपालमा करिब ४० लाख मेट्रिकटन चामल आवश्यक पर्नेमा ३४ लाख मेट्रिकटन चामल मात्रै स्वदेशी आपूर्ति भएको कृषि विभागको तथ्याङ्क छ।
करिब ६ लाख मेट्रिकटन चामल विदेशबाट आयत गर्दा झण्डै २५ अर्ब रुपैयाँ विदेश गएको विभागले जनाएको छ।
प्रतिक्रिया