लामो विश्रामपछि संघीय संसद्मा चहलपहल सुरु भएको छ।
आगामी बजेट तयारीसमेत गर्ने गरी हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको हो।
अधिवेशन सुरु भएसँगै दलहरूले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए।
सोमबार अपराह्न संसद् सुरु हुनुअघि देशका विभिन्न जिल्लामा रहेका सांसदहरूसमेत काठमाडौँ आइपुगेका थिए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो अभियानलाई चितवनमा विश्राम गरेर काठमाडौं आइपुगे।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पन अर्घाखाँचीमा पार्टी कार्यक्रम सकेर काठमाडौँ आए।
नेपाली कांग्रेस, नेकपा एमालेसहितको संसदीय दलले सबै सांसदहरूलाई संसद्मा उपस्थित भएर प्रभवकारी रुपमा प्रस्तुत हुन भनेका छन्।
लामो ग्यापपछि संसद् सुरु भएपछि सांसदहरू चिटिक्क सजिएर मुस्कुराउँदै नयाँबानेश्वरमा आइपुगे।
हेर्नुस् तस्बिरहरू
276
Shares
प्रतिक्रिया