वरिष्ठ गायक भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एकसाथ देखिएका छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जली सभामा एकसाथ जुटेर दुई नेताले भक्तराजको योगदानको स्मरण गरे।
श्रद्धाञ्जली सभाका क्रममा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री ओली दुवैले केही मिनेट भक्तराजको योगदानको स्मरण गरे।
त्यसक्रममा प्रचण्डले भक्तराजको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिए।
पछिल्लो समय दुईजना अध्यक्षहरू संवादमा रहेका छन्।
273
Shares
प्रतिक्रिया