ललितपुरको सातदोबाटो-बालकुमारी सडकअन्तर्गत ग्वार्कोमा फ्लाइओभर निर्माणले गति लिएको छ। २०७९ मंसिरमै फ्लाइओभर निर्माण थालिए पनि डिजाइनमा समस्या रहेको भन्दै रोकिएको थियो।
तर अहिले काम तीव्रताका साथ अघि बढिरहेको छ। निर्माण कम्पनीले पेस गरेको डिजाइन केही संशोधन गरेर सडक विभागले माघमा स्वीकृत गरेपछि फ्लाइओभर निर्माण धमाधम भइरहेको हो।
दुई वर्षमा बनाइसक्ने गरी २०७८ फागुन १२ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का लिएको थियो। तर बल्ल पिलर उठाउने काम भइरहेको छ। ग्वार्कोस्थित बीएन्डबी अस्पतालबाट बालकुमारीसम्म र्याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना छ। एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लरमा फ्लाइओभर तयार गरिनेछ।
फ्लाइओभरको कूल लम्बाइ ४ सय ९० मिटर हुनेछ भने उचाइ ६ मिटर। फ्लाइओभर बनेपछि ट्राफिक जाम हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् ग्वार्कोमा फ्लाइओभर निर्माणका केही तस्बिर-
Shares
प्रतिक्रिया