ad ad

फोटोफिचर


सीके राउतले घोषणा गरे ‘नौलो गणतन्त्र आन्दोलन’ (तस्बिरहरू)


सरोज नेपाल
जेठ १५, २०८१ मंगलबार १५:२७, काठमाडौँ

सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँमा ‘नौलो गणतन्त्र आन्दोलन’ घोषणा गरेको छ।

मंगलबार काठकाडौंको भृकुटीमण्डपमा ‘उद्घोष सभा’ आयोजना गरी अध्यक्ष राउतले ‘नौलो गणतन्त्र आन्दोलन’ घोषणा गरेका हुन्।

घोषणा सभाअघि जनमत पार्टीलेे भृकुटीमण्डपबाट र्‍याली निकालेर सहरको विभिन्न भाग परिक्रमा गरेको थियो।

जनमतका कार्यकर्ताहरूले ‘नौलो गणतन्त्र सामाजिक लोकतन्त्र, संसदलाई दलको बन्धनबाट मुक्त गर, जनता राज कायम गर’ लगायतका नारा लगाएका थिए।

आज १७औँ गणतन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइएको छ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन (जेठ १५ गते) लाई तीनै तहका सरकारले गणतन्त्र दिवसका रूपमा मनाउँदै छन्।

यसै क्रममा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .