कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारी भन्दै सरकारले मंगलबारदेखि देशभर लागू भएहुने गरी लकडाउन घोषणा गरेको छ। लकडाउनको तेस्रो दिन बिहीबार भक्तपुर पुरै सुनसान देखिएको छ।
सधैँ ब्यस्त रहने भक्तपुरका सडकमा गाडी नचलेपछि सडक सुनसान बनेका छन्। सडकमा एम्बुलेन्स, सुरक्षाकका सवारी साधन, पानी बोक्ने ट्यांकर, खाद्यान्न, तरकारी–फलफूल बोकेका सवारी साधनमात्रै चलेका छन्।
सुरक्षाकर्मीले ठाउँठाउँमा चेकपोस्ट राखेर अनावश्यक सवारी चलाउनेको सवारीसाधन नियन्त्रणमा लिएका छन्। सधैँ भिडभाड देखिने भक्तपुर दरबार स्क्वारक्षेत्र पनि सुनसान छ।
सडकमा निस्किएका सर्वसाधारणलाई सुरक्षाकर्मीले सोधपुछ गर्ने र अत्यावश्यक कामबाहेककालाई सम्झाइबुझाई फर्काइदिने गरेका छन्।
सरकारले अत्यावश्यक सामानका पसल खुलै राख्ने भने पनि यहाँका पसल बन्द छन्। पसल बन्द हुँदा अत्यावश्यक सामग्रीसमेत किन्न नपाएको सर्वसाधारणको गुनासो छ।
प्रतिक्रिया