लकडाउनको म्याद पुनः २५ गतेसम्मलाई थप गरिएको छ तर काठमाडौंका सडकमा सवारीसाधनको लर्को हेर्ने हो भने त्यसको छनक देखिँदैन। मंगलबार भद्रकाली, सिंहदरबार क्षेत्रमा देखिएको सवारीसाधनको ताँतीका दृश्य हुन् यी।
दैनिक अत्यावश्यक, उपभोग्य वस्तु ओसारपसार गर्नेदेखि पास लिएर सवारी कुदाउनेहरु काठमाडौंका सडकमा प्रशस्तै भेटिन्छन्। गृह मन्त्रालयले लकडाउनमा थप कडाइ पार्न निर्देशन दिएसँगै मंगलबार प्रहरीले थुप्रै पासविनै सञ्चालन गरेका मोटरसाइकल तथा सवारीसाधनमाथि कारबाही समेत गरेको छ। हेर्नुहोस् तस्बिर र भिडियाेमा।
3
Shares
प्रतिक्रिया