नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादी मिश्रित तरकारी तथा फलफूल उपहार पठाएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई नेविसंघले भारतबाट आयातित तरकारी तथा फलफूल उपहार पठाएको हो।
मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत पठाइएको विषादी मिश्रित तरकारी तथा फलफूलसँगै नेविसंघले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा भनिएको छ, ‘भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा बिषादी मिसाइएको पाइएकोमा नेपाल सरकारले चासो राखी नाकामा क्वारेन्टाइन गराउन आदेश दिएकोमा भारतीय दूताबासको अनावश्यक दबाव पश्चात बिना जाँचपास नेपाल भित्राइएकोमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको’ बताइएको छ।
सरकारले भारतबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरेपछि त्यसकाे चाैतर्फी विराेध भइरहेकाे छ।
प्रतिक्रिया