ad ad

फोटोफिचर


माइतीघरमा ओली र मोदीको पुत्ला जलाइयो (फोटोफिचर)


प्रविन कोइराला
बैशाख २९, २०७७ सोमबार ७:५४,

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवाहरुले काठमाडौंमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।

सोमबार दिउँसो काठमाडौँको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला जलाएका हुन्।

दार्चुलाको लिपुलेकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि केही दिनदेखि राजधानीमा विरोध प्रदर्शन भइरहेको छ।

शनिबार बानेश्वरमा र आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। विरोध गर्ने २५ जना आइतबार माइतीघर, थापाथली र बानेश्वरबाट पक्राउ परेका थिए। त्यसअघि शनिबार पनि बानेश्वरबाट ३० जनालाई प्रहरीले पक्राउ गरेको थियो।

सोमबार पनि विरोध प्रदर्शन गर्ने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .