भारतबाट विषादीयुक्त तरकारी तथा फलफूल आयात नगर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
विभिन्न १० संघसंस्थाको आह्वानमा आइतबार भएको प्रदर्शनमा सहभागीहरुले 'पारीकाे हाेइन बारीकाे खाउँ' भन्ने प्लेकार्ड प्रदर्शन गर्दै विषपान नगराउन र विषमुक्त तथा प्रांगारिक राष्ट्र बनाउन माग गरेका थिए। उनीहरुले नेपाली नागरिकको स्वच्छ खाना खान पाउने नैसर्गिक अधिकारको रक्षा गर्न पनि सरकारसँग आग्रह गरे।
देशभित्रै प्रांगारिक खेती गर्न आह्वान गर्दै गरिएको प्रदर्शनमा सहभागीहरुले विषादीयुक्त तरकारी तथा फलफूल नखान सचेत गराएको थिए।
सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने निर्णय गरेलगत्तै त्यसविरुद्ध चौतर्फी विरोध तथा असन्तोष सृजना भएको छ। तर, हालै सर्वोच्च अदालतले आयातित तरकारी, फलफूलमा विषादी परीक्षण गरेर मात्रै भित्र्याउन सरकारलाई आदेश दिएको छ।
त्यसपछि पनि विभिन्न नाकाहरुबाट विषादीयक्त खानेकुरा भित्रिरहेको जनगुनासो बढेको छ।
Shares
प्रतिक्रिया