ad ad

फोटोफिचर


जब परदेशबाट शवको कफिन सामुन्ने आइपुग्यो, अनि थामिएन आँशु (फोटो/भिडियाे)


प्रविन कोइराला
असार ५, २०७७ शुक्रबार ११:१९,

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य फरक थियो। विमानस्थलको आगमन कक्षजस्तै इमर्जेन्सी कक्ष पनि व्यस्त थियो।

विमानस्थलमा यो दर्दनाक दृश्य कमै देखिन्छ। एकै दिन २४ वटा शव ल्याइएको छैन। दिउँसो कतार एयरवेइजले एकै पटक २० वटा शव ल्याएको हो।

यो क्रम बिहानैदेखि सुरु भएको हो। बिहानै हिमालय एयरलाइन्सले साउदीबाट भैरवबहादुर बस्नेतको शव ल्याइपु¥यायो। त्यसपछि कुवेतबाट दुई र युएईबाट एउटा शव आइपुग्यो। कतारबाट त याुत्रको आधासंख्या शव ल्याइयो। सो विमानमा ४३ यात्रु आएका थिए। शव २० वटा एउटै फ्लाइटमा ल्याइयो।

नेपालमा एकैपटक यतिधेरै शव आएको पहिलो पटक हो। उनीहरु वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपाली हुन्। लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि धेरै नेपालीका शव विदेशमै रोकिएका छन्।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टड उडान सुरु भएसँगै ती देशमा रहेका नेपालीका शव पनि ल्याउन थालिएको हो। नेपाल ल्याइएका शव बोर्डले घरसम्म पु¥याइदिनका लागि गाडिको व्यवस्था गरेको छ। ७ जनाका परिवारले भने काठमाडौंमै अन्त्येष्टि गर्ने भएका छन्।

लकडाउनको अवधिमा विभिन्न देशमा झण्डै तीन सय शव रहेकोमा एक सय जति शव उतै अन्त्येष्टि गरिने भएको छ। नेपाल ल्याउनु पर्ने शव करिव दुई सय रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशा राजनप्रसाद श्रेष्ठले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .