ad ad

समाज


संक्रमण तीब्र फैलिएपछि सुदूरपश्चिमका स्थानीय तहले गर्न थाले लकडाउन

संक्रमण तीब्र फैलिएपछि सुदूरपश्चिमका स्थानीय तहले गर्न थाले लकडाउन

गोकुल जोशी
असार ५, २०७७ शुक्रबार ११:३१,

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै गए पछि स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लकडाउन गर्न थालेका छन्। सरकारले खुकुलो गरेको लकडाउनले काम नगरेको भन्दै स्थानीय सरकारहरुले फेरि आफ्नो क्षेत्रभित्र लकडाउन गर्न थालेका हुन्।

पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमण तीब्र फैलिएको अवस्थामा बिभिन्न स्थानीय तहहरुले सूचना जारी गर्दै बन्द गरिदिन आग्रह गरेका छन्।

सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा हालसम्म १ सय ३७ जनामा कोरोना संक्रमित फेला परेपछि शुक्रबारदेखि बजार सम्पूर्ण रुपमा अर्को सूचना जारी नहुँदासम्म बन्द गर्ने निर्णय गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

बिहीबार एकै दिन ५८ जनामा कोरोना देखिएको डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले आफनो गाँउपालिकालाई नै सिल गरेको छ। गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले गन्यापधुरा गाउँपालिकामा मात्रै ५८ जनामा कोरोनाको संक्रमण फेला परेपछि गाउँपालिका सिल गरिएको जानकारी दिए।

यता, कैलालीको गोदावरी नगरपालिकाले पनि एक सूचना जारी गर्दै आफनो नगरपालिकामा कोरोना संक्रमण फैलिँदै गएको र एक जना संक्रमितको मृत्यु समेत भएकोले अर्को सूचना जारी नहुँदासम्म नगरपालिकालगायत अत्तरिया बजार क्षेत्रका व्यापारी व्यावसायीले आफ्नो पसलहरुलाई पूर्ण रुपमा बन्द गरी बजार क्षेत्रमा भिडभाड नगरिदिन अपिल गरेको छ।

गोदावरी नगरपालिकामा कोरोना संक्रमितको संख्या ९ पुगको छ। जेठ ३२ गते गोदावरी नगरपालिका १ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनको असार ३ गते उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भईसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .