ad ad

फोटोफिचर


पशुपतिपरिसरमा यसरी मनाइयो जनैपूर्णिमा (फोटोफिचर)


प्रविन कोइराला
साउन १९, २०७७ सोमबार ७:३,

आज परेको जनैपूर्णिमा अर्थात् श्रावणीपूर्णिमा जनै, रक्षाबन्धन तथा राखी बाँधेर मनाइएको छ। आज मानिसहरुले गुरुपुरोहितको हातबाट यज्ञोपवित अर्थात् जनै लगाउने र डोरो बाँध्ने प्रचलन छ।

राजधानीमा रहेको पशुपतिनाथ मन्दिरमा पुगेर भक्तजनहरुले स्नान, दान, जनै, रक्षाबन्धन गरेका छन्। तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँध्ने प्रचलन छ। जनैपूर्णिमा हिन्दूहरुको ठूलो पर्व हो।

नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .