ad ad

खेल


कोरोना प्रकोपबीच नेमारलाई क्लबमा अनुबन्ध गर्न सकिँदैनः बार्सिलोना

कोरोना प्रकोपबीच नेमारलाई क्लबमा अनुबन्ध गर्न सकिँदैनः बार्सिलोना

नेपालखबर
साउन १९, २०७७ सोमबार ६:४०,

क्लबका प्रमुख जोसेप मारिया बार्टोमेउले संकटको अवस्थामा नेमारलाई पुनः अनुबन्ध गर्न असम्भव भएको बताएका हुन्।

बीबीसीका अनुसार बार्टोमेउले स्पेनिस संचार माध्यमसँग भनेका छन्,‘कोरोनाका कारण मार्चदेखि जुनसम्म क्लबले २ सय मिलियन युरोभन्दा कम आम्दानी गरेको छ।’

आम्दानी कम भएकाले नेमारलाई यसपटक क्लबमा अनुबन्ध गर्न नसकिने उनले बताएका हुन्।

नेमार सन् २०१७ मा बार्सामा चार सिजन खेलेपछि पीएसजी अनुबन्ध भएका थिए। विश्वको सबैभन्दा महँगो खेलाडी बन्दै नेमार २२२ मिलियन युरोमा पीएसजी पुगेका थिए।

हाल नेमार बार्सा आउन चाहिरहेका छन्। यस विषयमा बार्टोमेउ भन्छन्,‘नेमार यो अवस्थामा क्लबमा अनुबन्ध हुनु असम्भव छ। पीएसजीले पनि नेमार बेच्न चाहेको छैन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .