प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड-नेपाल पक्षले बुधबार राजधानीमा विरोध प्रदर्शनसहित सभाको आयोजना गरेको छ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुश निकालेर नेकपाले भृकुटीमण्डपमा सभाको आयोजना गरेको थियो। कार्यक्रममा शीर्ष नेताहरुसहित समावेशिताका आधारमा विभिन्न क्षेत्रका नेताहरुले सम्बोधन गरेका थिए।
कार्यक्रममा सहभागी हुन देशका विभिन्न जिल्लाबाट हजारौं नेता कार्यकर्ता काठमाडौं आएका थिए।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध प्रदर्शन गर्दै आएको नेकपाले बुधबारको प्रदर्शनलाई ‘शक्ति प्रदर्शन’ का रुपमा लिएको नेताहरुको अभिव्यक्तिबाट बुझिन्थ्यो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको सभामा पाँच लाख मानिस सहभागी भएको दाबी गरेका थिए।
प्रतिक्रिया