बृहत् नागरिक आन्दोलनअन्तर्गत शुक्रबार राजधानीमा महिला मार्च आयोजना गरिएको छ।
वसन्तपुरबाट सुरु भएको महिला मार्च भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो।
मार्चपासमा महिलामाथि हुने सबैखाले हिंसाको अन्त्य हुनुपर्ने, बलात्कारीलाई कडा कारबाही हुनुपर्ने, निर्मला तथा भागरथी पन्तका हत्यारालाई कारबाही हुनुपर्नेलगायत सहभागीले नारा लगाएका थिए।
प्रतिक्रिया