पाँचौ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपमा पुरुष तर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि उचाल्दा महिला तर्फको उपाधि न्यू डायमन्ड स्पोर्टस् क्लबले जितेको छ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई ३–२ को सेटमा स्तब्ध बनाउँदै उपाधि उचालेको हो।
जितसँगै डायमन्डले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको दोस्रो उपाधि जितेको छ। उपाधि उचालेको न्युडायमन्डले पुरस्कार स्वरुप ३ लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले १ लाख ७५ हजारमा चित्त बुझायो। तेस्रो भएको एपीएफले नगद ७५ हजार प्राप्त गर्यो।
यस्तै, पुरुष तर्फको फाइलन खेलमा हेल्प नेपालले विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। तीन भारतीय खेलाडीलाई कोर्टमा उत्रारेको हेल्प नेपालले उपाधिसँगै नगद तीन लाख रुपैयाँ हात पारेको छ। उपविजेता एपिएफले १ लाख ७५ हजार रुपैयाँमा चित्त बुझायो।
तेस्रो भएको बुलबुले रारा क्लबले ७५ हजार प्राप्त गर्यो। चौथो भएको पुलिसले ३७ हजार पाँच सय रुपैयाँ पायो।
प्रतियोगितामा महिला तर्फ ६ र पुरुष तर्फ ७ टोलीले सहभागिता जनाएका थिए।
सर्वाेत्कृष्ट खेलाडी विनित कुमार (पुरुष) र प्रतिभा माली (महिला)
स्पाइकर – मुराद जिहान (पुरुष) र उषा भण्डारी (महिला)
ब्लकर – दिपकराज जोशी (पुरुष) र मनिषा चौधरी (महिला)
सेटर – भिकास कुमार (पुरुष) र कमला पुन (महिला)
लिवेरो – विनोद चन्द (पुरुष) र सलिना श्रेष्ठ (महिला)
सर्भर – घनश्याम चौधरी (पुरुष) र ललिता नाथ (महिला)
प्रशिक्षक – रमेश केसी (पुरुषतर्फ) र कुमार राई (महिलातर्फ)
Shares
प्रतिक्रिया