ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्।
प्रतिस्पर्धी भन्दा १८ हजारभन्दा धेरै मतान्तरसहित उनी विजयी भएकी हुन्।
कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत भट्टराईलाई १८ हजार १७३ मतान्तरले पराजित गरेकी छन्।
यो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्।
तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन्।
ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएकी छन्।
विजयी भएपछि तोसिमाका समर्थकहरुले ललितपुरको जावलाखेलमा विजय जुलुस निकालेका छन्।
राजनीतिमा लाग्नुअघि विभिन्न रोगबारे ज्ञान बाँड्दै आएकी तोसिमा अब कानुन बनाउने ठाउँमा पुगेकी छन्।
30
Shares
प्रतिक्रिया