शुक्रबार राति काठमाडौंमा झमझम पानी परिरहेको थियो । तर, पर्यटकीय नगरी ठमेललाई पानीको मतलव थिएन । ठमेलको रात्रि जीवनले काठमाडौं सुतेको छैन भन्ने देखाइरहेको थियो ।
नेपालखबरकर्मी साँझको दृश्य खिच्न ठमेल बजारमा पुग्दा खासै चहल पहल सुरु भइसकेको थिएन । जब रात छिप्पिन थाल्यो, मुसलधारले वर्षा सुरु भयो । तर, वर्षाको परवाह नगरी मानिसहरुको चहल पहल बढ्न थाल्यो ।
‘गुड फ्राइडे’ मुडमा रहेको ठमेललाई वर्षाको के मतलव !
ठमेलका नाइट क्लब एवं डान्स बार मात्र होइन कपाल काट्ने शैलुन समेत खुल्ला थिए । मानिसहरु राति कपाल काटिरहेका थिए । अन्य पसल व्यवसायहरु पनि रातमा निर्वाध सञ्चालन भइरहेका थिए । नाइट क्लबमा मानिसहरु रमाएर नाचिरहेका थिए । गीत गाउनेहरु गाइरहेका थिए । कतै झैझगडा थिएन सबैतिर शान्ति देखिन्थ्यो, चैन देखिन्थ्यो ।
काठमाडौंको ठमेलजस्तै दबारमार्गमा पनि रातको चहल पहल देखिने गरेको छ । तर, शहरका अन्य भागमा भने प्रहरीले ९ नबज्दै पसलहरु बन्द गर्ने गरेको छ । राति व्यवसाय सञ्चालन गर्दा सुरक्षामा समस्या पर्ने र छिमेकीहरुलाई डिस्टर्ब हुने प्रहरीले तर्क गरे पनि ठमेलको रात्रि जीवन युरोपलाई सम्झाउने खालको देखिन्थ्यो ।
रात्रि व्यवसाय सञ्चालन हुँदैमा अशान्ति र झगडा हुन्छ भन्ने प्रहरी प्रशासनको बुझाइलाई गिज्याइरहेको थियो ठमेलले ।
हेरौं शुक्रबार ठमेलमा देखिएको रात्रि जीवनको चहलपहल–
Shares
प्रतिक्रिया