पछिल्लो समय सर्लाहीको ‘भरत ताल’ मधेश प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ।
बागमती नगरपालिकाले निर्माण गरेको भरत ताल (बागमती माछा पोखरी) १२१ बिघा क्षेत्रमा फैलिएको छ।
सुरुमा यहाँ नगरपालिकाले आगन्तुकका लागि डुंगा सयरको मात्रै व्यवस्था गरेको थियो। पछिल्लो सयम भने यहाँ डुंगासँगै स्काई साइकल (तारमा हिँड्ने), वाटर साइकल, फनपार्क, मोनोरेल, घोडचढीसहित मनोरञ्जनका फरक फरक माध्यमको व्यवस्था गरिएको छ।
चाडपर्वको बेला यहाँ दैनिक एक लाखसम्म आन्तरिक पर्यटक आउने गरेका छन्। अरु दिन दैनिक ३/४ हजार पर्यटक यहाँ आउँछन्।
तालको अवलोकन र बोटिङ गर्न टाढाटाढाबाटसमेत सर्वसाधारणदेखि भीआईपीसम्म आउने गरेका छन्। ताल अवलोकनको लागि आउनेहरु ढुंगा, घोडचढी, स्काइ साइकिलिङमा रमाइरहेका भेटिन्छन्।
ताल निर्माणमा अहिलेसम्म ६५ करोड रुपैयाँ भन्दा धेरै खर्च भइसकेको छ। यो रकम नगरपालिकाले आन्तरिक कोष, प्रदेश र केन्द्र सरकारबाट जुटाएको हो।
मेयर भरत थापाको परिकल्पनामा निर्माण भएको कारण यो ताललाई सर्वसाधारणले ‘भरत ताल’ भन्ने गरेका छन्। भरत तालकै नामबाट यो ताल प्रख्यात भइसकेको छ। तर, बागमती नगरपालिकाले भने आफ्नो औपचारिक लिखतमा यसको नाम ‘बागमती माछापोखरी’ राखेको छ।
- बागमतीमा बन्यो समुद्रको झल्को दिने विशाल ताल, चल्छ १३५ सिटे पानीजहाज
- ‘भरत ताल’मा पर्यटनमन्त्री : सर्वसाधारणसँगै डुंगा चढे, अटोमा हुइँकिए (भिडिओ)
- ‘भरत ताल’मा एकैदिन ४ लाख पर्यटक, १२ हजार जनाले चढे डुंगा
भरत ताल बागमती नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोतकाे रुपमा विकास हुँदै गएकाे छ।
Shares
प्रतिक्रिया