ad ad

फोटोफिचर


ललितपुर महानगरमा  ‘जनप्रतिनिधि भर्सेस कर्मचारी’ फुटबल (तस्बिरहरु)


सरोज बैजु
पुस १, २०७९ शुक्रबार १७:२६, काठमाडौँ

ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी शुक्रवार अपराह्न मैत्रीपूर्ण फुटबल भएको छ। 

ललितपुर महानगरले स्थापनाको १०४ वर्ष प्रवेशका अवसरमा ‘मेयर भर्सेस सिएओ’ फुटबल प्रतियोगिता गरेको हो। 

महानगरले जनप्रतिनिधि र कर्मचारीबीच हार्दिकता बढाउन प्रतियोगिता गरेको हो। 

यो फुटबलमा महानगर प्रमुख चिरीबाबु महर्जन जनप्रतिनिधिको तर्फबाट नेतृत्व गर्दै मैदानमा उत्रिए। 

अर्कातिर प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल कर्मचारीको तर्फबाट मैदानमा देखिए। 

ललितपुर महानगर वि.सं १९७५ मा सरसफाई लगायत काम गर्न छेमडोल अड्डाको रुपमा स्थापना भएको थियो।

उक्त अड्डा वि.सं २००९ मा ललितपुर नगरपालिका, वि.सं २०१८ मा ललितपुर नगरपञ्चायत,  वि.सं २०४७ सालमा ललितपुर नगरपालिका र वि.सं  २०५२ सालमा ललितपुर उप महानगरपालिका भएको थियो।

२०७३ चैत १० गतेदेखि यो कार्यालय महानगरको रुपमा बढुवा भएको हो। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .