नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधिका लागि अहिले धनगढी एफसी र ललितपुर सिटी एफसी भिडिरहेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलमा उल्लेख्य दर्शक उपस्थित भएका छन्। झण्डै १६ हजार क्षमताको रगंशालामा लामो समयपछि दर्शकलाई स्टेडियममा देख्न पाइएको हो।
साधारण र भिआइपी प्यारापिटतर्फ क्षमता अनुसारकै दर्शक उपस्थित छन्।
यसअघि सन् २०१९ मा घरेलु मैदानमा भएको १९ औं एशियाली खेलकुद (साग) मा दर्शकको उपस्थिती देखिएको थियो।
स्टेडियम भित्र जति दर्शक उपस्थित छन् खेल सुरु हुनुअघिबाट नै बाहिर पनि दशैकको घुँइचो लागेको थियो।
एनएसएलको सुरुआतमा अपेक्षा अनुसार दर्शक उपस्थित नभएपनि प्लेअफदेखिका खेलबाट दर्शकलाई स्टेडियममा आफ्नो टोलीको समर्थनमा उपस्थित भएका छन्। स्टेडियममा उपस्थ्ति दर्शक आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न बाजा गाजा र झण्डासहित उपस्थित भएका छन्।
एनएसएलको दोस्रो संस्करण अन्तर्गत लगातार दोस्रो पटक फाइनल खेल्न लागेको धनगढी पहिलो पटक उपाधि उचाल्ने योजनामा छ।
पहिलो पटक फाइनलमा पुगेको ललितपुर उपाधि होडमा छ। लिगमा उतारचढावपुर्ण यात्रा तय गरेको ललितपुर यो मौकालाई खेर जान दिने पक्षमा छैन।
एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया