आज बाला चतुर्दशी। अर्थात शतबीज छर्ने दिन। बाला चतुर्दशीको अघिल्लो दिन पितृको नाममा मन्दिर परिसरमा भक्तजनहरु बत्ती बालेर रातभर बसि बिहान सतबीज छर्ने गर्छन।
हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुदर्शीलाई विशेष रुपमा लिने गरेका छन्।
आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन चलिआएको छ।
महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ। त्यस्तै शिवालयमा शतवीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वाश गरिन्छ।
आज बिहानै मृतकका आफन्तले देश भारीका शिवालयहरुमा शतबीज छरेका छन्।
पशुपतिनाथ क्षेत्रका केही तस्बिरहरुः
33
Shares
प्रतिक्रिया