ad ad

राजनीति


बालुवाटारमा सत्तारुढ पाँच दलको बैठक, माधव पक्ष गएन

बालुवाटारमा सत्तारुढ पाँच दलको बैठक, माधव पक्ष गएन

नेपालखबर
साउन १८, २०७८ सोमबार १७:१८, काठमाडौँ

कांग्रेस-माओवादीसहित सत्तारुढ गठबन्धनका पाँच दलको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।  

देउवा सरकारका मन्त्री चयन, राजनीतिक नियुक्ति, सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावलाई अन्तिम रुप दिन गठबन्धनको बैठक बसेको हो । 

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र कांग्रेसका महामन्त्री एवम् कार्यदल संयोजक पूर्णबहादुर खड्का छन् ।

तर यो बैठकमा देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएको एमालेको माधव नेपाल पक्ष भने अनुपस्थित छ। पछिल्लो समयमा एमालेमा एकताको पहल भइरहेका बेला नेपाल पक्षले सत्ता गठबन्धनको बैठकमा जान छाडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .