विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावविरुद्ध अर्को प्रस्ताव ल्याउने तयारी गरेका छन्।
पाण्डेले सामाजिक सञ्जाल मार्फत आफूहरूले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नाम गरेको दस्ताबेज ल्याउन लागेको उल्लेख गरेका छन्। उक्त दस्तावेजमा सबैभन्दा माथि न्याय, स्वतन्त्रता र सम्वृद्धि लेखिएको छ।
पार्टीभित्र केही दिन अघि अध्यक्ष मिश्रले ‘विचारभन्दा माथि देश’ नामको आलेख मार्फत सङ्घीयता खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहको प्रस्ताव ल्याएका थिए। उनले दस्तावेजमा राजतन्त्रको समेत वकालत गरेका थिए। उक्त प्रस्ताव ल्याएपछि, पार्टीका संयोजक पाण्डेले विरोध गरेका थिए।
संयोजक पाण्डेले दस्ताबेज क–कसको नाममा के के विषयमा आउँदै छ भन्ने कुरा भने खुलाएका छैनन्।
‘दस्तावेजमा धेरै जनाले काम गर्नुभएको छ। प्रतिनिधि नाम १–२ जनाको आउँछ, तर यो दस्ताबेज सामूहिक दस्ताबेज हो’ विवेकशील साझा पार्टीका एक नेताले भने।
रवीन्द्र मिश्रको दस्तावेजमा पार्टीभित्र र बाहिरबाट समेत विरोध र समर्थन भइरहेको छ।
Shares
प्रतिक्रिया