ad ad

राजनीति


यूएईबाट असरफ गनीले भनेः मैले गाडीभरि पैसा लगेको भन्ने कुरा झुटो

यूएईबाट असरफ गनीले भनेः मैले गाडीभरि पैसा लगेको भन्ने कुरा झुटो

फाइल तस्बिर: असरफ गनी


नेपालखबर
भदौ ३, २०७८ बिहिबार १०:३१, काठमाडौँ

तालिबानले देश कब्जा गरेपछि भागेर युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेका अफगानिस्तानका राष्ट्रपति असरफ गनीले बुधबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गरेका छन्। 

परिवारका सदस्य र सुरक्षाकर्मीसहित यूएई पुगेका गनीलाई मानवताका आधारमा शरण दिइएको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ। 

त्यस क्रममा उनले गाडिभरि लाखौं रकम लगेकाे आरोप लगाइएको छ। 

तर गनीले बुधबार राति फेसबुकमार्फत गरेको सम्बोधनमा त्यो कुरा झुटो भएको दाबी गरेका छन्। आफू त विशुद्ध लगाउने लुगाफाटा मात्र बोकेर निस्केको गनीको दाबी छ।  

‘म त एउटा वेस्टकोट र केही अरू कपडा मात्रै बोकेर हिँडेको हुँ,’ गनीले सम्बोधनमा भनेका छन्, ‘तर मैले पैसा लिएर गएँ भनेर मेरो चरित्र हत्या भइरहेको छ। आरोप निराधार छन्। तपाईंहरू कस्टम अफिसरहरूलाई सोध्न पनि सक्नुहुन्छ।’

सम्बोधनमा उनले तालिबानले राजधानी काबुल कब्जा गरिसकेपछि पनि आफू बसिरहेको भए ठूलो रक्तपात हुने र लाखौं नागरिकको ज्यान जाने भएकाले त्यो रोक्न बाध्य भएर मुलुक छाडेको बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .