नेकपा एमालेका नेता शंकर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालले सहमति तोडेको आरोप लगाएका छन्।
तीन कार्यकाल एमालेको नेतृत्व गरेका नेता नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको पनि उनले बताएका छन्।
‘झन्डै तीन कार्यकाल पार्टीको नेतृत्व गर्नुभएका माधव कमरेडले सहमतीको बाटो छोडेर नयाँ पार्टी खोल्नु दुःखद पक्ष हो,’ नेता पोखरेलले बिहबिार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध छ।’
यस क्रममा नेता पोखरेलले पार्टी विभाजनका कारण विचलित नहुन एमाले आम नेता/कार्यकर्तालाई अपिल पनि गरेका छन्।
‘विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाऊँ,’ पोखरेलले भनेका छन्, ‘सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रूपमा स्थापित बनाऊँ।’
75
Shares
प्रतिक्रिया