योगेश भट्टराई नेकपा एमाले प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन्। उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो। त्यसपछि बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन्।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।
मंगलबार च्यासलमा बसेको स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिएका छन्।
1.7k
Shares
प्रतिक्रिया