ad ad

राजनीति


सर्वाेच्च अदालतमा वकिल र प्रहरीबीच धकेलाधकेल, १० जनाभन्दा बढी घाइते

सर्वाेच्च अदालतमा वकिल र प्रहरीबीच धकेलाधकेल, १० जनाभन्दा बढी घाइते

बिहीबार प्रहरीकाे बल प्रयाेगबाट सर्वाेच्च अदालत परिसरमा घाइते वकिल र विराेध प्रदर्शन।


उजिर कार्की
मंसिर २, २०७८ बिहिबार ११:१८, काठमाडौँ

सर्वाेच्च अदालतमा आज आन्दोलित वकिल र सुरक्षाकर्मीबीच ठेलाठेल परेकाे छ। त्यस क्रममा १० जनाभन्दा बढी घाइते भएका छन्। 

प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरू सर्वाेच्च अदालतको भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी परेको हो। 

प्रधानन्यायाधीश जबरालाई अदालत छिर्न नदिन वकिलहरूले मुख्य गेटसहित वैकल्पिक दुईवटा गेटमा समेत धर्ना दिन जाने क्रममा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो।

मूल गेटमा कानुन व्यवसायीले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा  अर्कै गेटबाट अदालत छिरिरहेका छन्। 

अहिले सर्वाेच्च अदालत परिसरको अवस्था तानवपूर्ण छ।

धकेलाधकेलमा घाइतेको संख्या एकिन नभए पनि दुवैतर्फ गरेर १० जनाभन्दा बढी नै घाइते भएका छन्।

सर्वाेच्च अदालत परिसरमा अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाे छ। 

यो पनि : ​५ न्यायाधीशको गुनासोः वकिलहरुले हामीलाई तथानाम भने, आन्दोलनमा साथ दिन्नौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .